भाद्र १८, २०८३ बिहिबार September 3, 2026

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त

नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयको समेत कार्य विभाजन गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । 

यस्तै, यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रहनुभएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिला मन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहनुभएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त
२०८३ भाद्र १८, बिहिबार
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १८, बिहिबार
हामीले गरेको नगन्वय गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री
२०८३ भाद्र १८, बिहिबार
भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
२०८३ भाद्र १८, बिहिबार
विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक छ : उपसमाभति शर्मा
२०८३ भाद्र १८, बिहिबार
बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
२०८३ भाद्र १८, बिहिबार
एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित
२०८३ भाद्र १८, बिहिबार