असार ५, २०८३ शुक्रबार June 19, 2026

नुवाकोट जिल्लाको हालसम्मकै ठुलो अर्गानिक कृषि फर्म सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिखु । नुवाकोट जिल्लामा हालसम्मकै ठुलो अर्गानिक कृषि फार्म सञ्चालनमा आएको छ । लिखु गाउँपालिका–४ माजिल्लाकै ठुलो ‘चौघडा एग्रो अर्गानिक प्रालि’ले कृषि खेती सञ्चालनमा ल्याएको छ । सो कृषि फर्मको शनिबारजिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आलु रोपेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले जिल्लाकै ठुलो कृषि फार्म सञ्चालन आएकलो यसले नुवाकोट जिल्लामा पनि व्यवसायिक कृषिखेतीका लागि अन्य किसानलाई पनि आर्किषित गर्ने बताउनुभयो । प्रालिका अध्यक्ष अञ्जु शाहका अनुसार हाल फार्मले२४० रोपनी जग्गामा कृषिखेती शुरु गरिएको छ ।

एक करोड ३० लाख लगानी गरि सुरु उद्योगमा अको वर्षभित्र पशुचौपाय एवं पक्षीपालनसमेत शुरु गरी तीन करोड पु¥याउने लक्ष्य बनाइएको लिएको बताइएको छ । फार्ममा हालबीउ उत्पादनको लागि आलु रोपिएको छ भने बेमौसमी तरकारी खेती, बीउ उत्पादनको लागि धानखेती गर्नलागिएको छ ।

प्राङ्गारिक मल र दूध उत्पादनको लागि १०० गाईपालनको लागि गोठ निर्माण थालिएको छ । मासुउत्पादनको लागि १०० बाख्रा र स्थानीय जातका २ हजार कुखुरासमेत पालन गर्न खोर बनाउन थालिएको छ ।

फामरमा हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । कार्यक्रममा सो क्षेत्रका किसानहरु निक उत्सुकताकासाथकायक्रममा सहभागि भएका थिए । यस्ता कृषि फार्महरु सञ्चालनमा आएपछि जिल्ललाई सो क्षेत्रका विकासहरुमाहासला बढेको स्थानीय रामचन्द्र ओस्तीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार