असार २७, २०८२ शुक्रबार July 11, 2025

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमास्कस, भदौ २४ गते । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राती मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।

सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो ।

इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ ।

अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजबुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमाण्डरको मृत्यु भएको थियो । त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दाबी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
२०८२ असार २७, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य (सूची हेर्नुहोस्)
२०८२ असार २७, शुक्रबार
देशभर सात लाख ६० हजार २६० प्रमाणित कृषक
२०८२ असार २७, शुक्रबार
वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँः मन्त्री यादव
२०८२ असार २७, शुक्रबार
सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति
२०८२ असार २७, शुक्रबार
काठमाडौं महानगरको कार्यपालिका बैठक आज बस्दै
२०८२ असार २७, शुक्रबार
आजको मौसम पूर्वानुमान : देशैभरी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८२ असार २७, शुक्रबार