असार २७, २०८२ शुक्रबार July 11, 2025

खडेरीको चपेटामा पोल्याण्ड – भिस्टुला सहित अधिकांश नदीहरु सुक्दै

पछिल्ला बर्षहरुमा हिमपात कम हुँदै गएको र जाडो मौसम पनि हल्का बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ । पोल्याण्डको राष्ट्रिय मौसम एजेन्सीका अनुसार देशको सबैभन्दा लामो नदी, भिस्टुला, आइतवार लगभग सुकेको थियो ।

खडेरीका कारण यस नदीको पानीको सतह कीर्तिमानी न्यून पुगेको छ । यस खोलामा यति कम पानीको सतह कहिल्यै देखिएको थिएन । यस नदीमा पानीको सतह २०१५ भन्दा २५ सेन्टिमिटरले कम भएको रिपोर्टमा उल्लेख छ ।

यो अघिल्लो रेकर्डभन्दा एक सेन्टिमिटर बढी हो। संस्थानले ‘एक्स’ मा यो सन् २०१५ भन्दा खराब भएको बताएको छ । पानी घट्ने क्रम जारी छ। नदीको पानीको सतह निरन्तर घट्दै गएको छ । पोल्याण्डका अधिकांश नदीहरु सुक्दै गएका छन् ।

जलविज्ञानी ग्र्जेगोर्ज वालिस्जेस्कीले गत हप्ता रिपोर्ट गपोल्याण्डका अधिकांश नदीहरू सुक्दै जाने बताएका थिर । पोल्याण्डमा सन् २०१५ देखि नै निरन्तर खडेरी परेको छ । यसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताइएको छ । पछिल्ला बर्षहरुमा हिमपात कम हुँदै गएको र जाडो मौसम पनि हल्का बन्दै गएको छ । कम वर्षा र उच्च तापक्रमका कारण पानीको सतह घट्दै गएको छ ।

विस्तुला नदी एक हजार किलोमिटरभन्दा लामो छ । यो युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा लामो नदी हो । यसले देशलाई दुई भागमा विभाजन गर्छ र बाल्टिक सागरमा झर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार