असार २७, २०८२ शुक्रबार July 11, 2025

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउने तयारी गराउदै युक्रेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रुसले इरानी क्षेप्यास्त्र प्राप्त गरेको प्रतिवेदनमा बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएको छ ।

युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।’

लन्डनमा भएको वार्तापछि लामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका थिए र लामीले किभलाई ६० करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यहाँ उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटे । जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्रहरूको आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गर्दै आएका छन्।

अमेरिका र बेलायतले रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका छैनन् किनभने त्यहाँ थप युद्धको खतरा छ । बुधवार, जेलेन्स्कीले भने, रुसविरुद्धको युद्धमा कीभको जित “धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर गर्दछ ।’

युक्रेनका विदेशमन्त्री एन्ड्रि सिबिहाले इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए ।

लामीले भने, ‘इरानले रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरिरहेको छ र अब उसको सेनाले युक्रेन भित्र प्रहार गर्न सक्छ । यो निकै खतरनाक छ । रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ। “त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार