असार २६, २०८२ बिहिबार July 10, 2025

इजिप्टमा रेल ठोक्किँदा तीनको मृत्यु, ४९ जना घाइते

दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इजिप्ट, भदाै ३० गते । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

साथै अन्य ४९ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४४ घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मन्त्रालयले यसअघि सार्कियाको जागाजिग सहरमा भएको दुर्घटनास्थलमा ३९ वटा एम्बुलेन्सलाई घाइतेको उद्धारका लागि पठाइएको जनाएको थियो ।

शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुईवटा रेलबाट सबै यात्रुलाई बाहिर निकालिएको छ । इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन गरिएको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया