असार २३, २०८२ सोमबार July 7, 2025

काँग्रेस महासमिति सदस्य महेन्द्र मल्ल पार्टीबाट निस्काशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  नेपाली काँग्रेसले  पार्टी अनुशासन उल्लंघन गरेको भन्दै महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ ।

सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निस्कासनको कारवाही गरेको हो ।

उनलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया