असार १३, २०८३ शनिबार June 27, 2026

चिनीयाँ उच्च राजनीतिक अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले अल्पसंख्यक मुस्लिम समुदायहरु माथि दमन गरेको आरोपमा केही चीनियाँ राजनीतिज्ञहरुलाई अमेरिका प्रवेश गर्न नपाउने गरी प्रतिवन्ध लगाएको छ ।

चीनको सिनजीआङ प्रान्तमा रहेका मुस्लिम समुदाय माथि उनीहरुको मानव अधिकार हनन् हुने गरी भएको घटनामा संलग्न रहेको भन्दै केहि अधिकारीहरुको प्रवेशमा रोक लगाएको हो ।

चीनियाँ कम्युनिष्ट पार्टिका क्षेत्रीय नेता चेन क्वानगुओ सहित चार जना नेताहरु माथि अमेरिकाले मुस्लिम समुदायका मानिसहरुलाई बन्धक बनाएको, धार्मिक उत्सवहरु गर्न रोक लगाएको जस्ता आरोप लगाएको छ ।

तर अमेरीकी प्रतिवन्धमा परेका हालसम्मै उच्च चीनियाँ अधिकारी क्वानगुओ माथिको यो अमेरिकी आरोप राजनीतिक भन्दा पनि अमेरिकामा व्यवसाय गरेका नेतासँगको आर्थिक सम्बन्धका कारण भएको बताइएको छ ।

चीनले पनि उक्त प्रान्तमा मुस्लिम समुदायलाई लक्षित गरी भएको भनिएको त्यस्तो सबै आरोपहरुको खण्डन गरेको छ । अमेरिकामा व्यवसाय गरीरहेका ती नेताहरुमाथि प्रतिवन्ध लागपछि अब उनीहरुले कुनै पनि आर्थिक क्रियाकलापमा संलग्न हुन पाउने छैनन् ।

यसैगरी अमेरिका भित्र रहेका उनीहरुका सबै चल अचल सम्पत्ती पनि रोक्का हुनेछ । अमेरीकी विदेशमन्त्री माइक पम्पियोले मानव अधिकार विरुद्ध हुने क्रियाकलापमा अमेरिकाले कारबाही अघी बढाएको प्रतिक्रिया दिनुभएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया