असार २३, २०८२ सोमबार July 7, 2025

मध्यपश्चिमाञ्चल र सिजियाज्वाङ विश्वविद्यालयबीच समझदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपाल र हपई अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी भएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा. हे छिछ्याङद्वारा समझदारीपत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधिविज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।

“उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई दीर्घकालीन रुपमा लागु हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ”, उपप्राध्यापक भट्टले भन्नुभयो, “यो सहकार्यपछि दुई वटै विश्वविद्यालयबीच साझा चासोका विषयमा सहकार्य गरिनेछ । सोअन्तर्गत दीर्घकालीन तथा समग्र सहयोगको परिधिभित्र रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था सञ्चालन तथा भिजिटिङ स्कलर आदानप्रदान हुनेछ ।”

उहाँका अनुसार शैक्षिक पठनपाठन सुधार तथा सिकाइका लागि उपयुक्त प्राध्यापकसमेत विश्वविद्यालयबीच आदानप्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालयअन्तर्गत रहेका विभाग तथा स्कूलबीच समेत नजीकबाट सहकार्य हुनेछ । यो समझदारीपछि दुवै विश्वविद्यालयले आफ्ना विद्यार्थी सम्बन्धित विषयअन्तर्गत रहेर साटफेर गरी पढ्न सक्नेछन् । यसले गर्दा उनीहरुको सिकाइ सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुँच पुग्ने उहाँले बताए ।

सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र विश्वविद्यालयमा अर्थशास्त्र, व्यवस्थापन र कानून मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि विशेष अध्ययनअध्यापनका क्षेत्र हुन् । यो सहकार्यपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार