असार २६, २०८२ बिहिबार July 10, 2025

युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यवहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताउनुभएको छ ।

उहाँले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

“रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उहाँले मन्त्रालयको वेबसाइटमा भन्नुभयो ।

Ukraine summit paves way for peace talks with Russia

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यवहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समर्थन खोज्ने र रुसलाई आत्मसमर्पणका लागि अल्टिमेटम जारी गर्ने मञ्चका रूपमा प्रयोग गर्नु रहेको प्रवक्ता जाखारोभाको भनाइ थियो ।

उहाँले सङ्कटको कूटनीतिक समाधानलाई रुसले अस्वीकार नगरेको भन्दै विकसित भू–राजनीतिक यथार्थ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १४ मा प्रस्ताव गर्नुभएको पहललाई प्रतिबिम्बित गर्ने गम्भीर प्रस्तावहरूमा छलफल गर्न खुला रहेको बताउनुभयो ।

उहाँका अनुसार रुस र उसको हितलाई ध्यानमा नराखी न्यायपूर्ण तथा दिगो समाधान हासिल गर्न असम्भव छ ।

कुर्स्क क्षेत्रमा भर्खरै युक्रेनी आक्रमण र रूसी भू–भागमा प्रहार गर्न लामो दूरीका नाटो हतियारहरूको प्रयोगलाई उदाहरण दिँदै जाखारोभले किएभ र पश्चिमी मुलुकहरूले शान्तिभन्दा युद्धमा ध्यान केन्द्रित गरेको भनी आलोचना गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार