असार २६, २०८२ बिहिबार July 10, 2025

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु, १८ जना घाइते

घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्मिङ्घम (अलाबामा, अमेरिका), असोज  ६ गते । अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन) क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ ।

गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन जिल्लामा भएको अधिकारी ट्रुमन फिट्जगेराल्डले एक इमेलमा जानकारी दिनुभयो ।

घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला पारेका थिए । उनीहरूलाई त्यहीँ मृत घोषित गरियो । फिट्जगेराल्डका अनुसार अर्का एक पुरुष गोली पीडितलाई अस्पतालमा मृत घोषित गरियो ।

“प्रारम्भिक अनुसन्धानले धेरै शङ्कास्पदहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेको ठूलो समूहमाथि गोली चलाएको देखाएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानकर्ताहरूले धेरै पीडित क्रसफायरमा पर्नेगरी भएको गोलीबारी आकस्मिक नभएको र एक अलग घटनाबाट उत्पन्न भएको विश्वास गरेका छन् ।”

घाइतेहरू अस्पतालहरूमा देखिन थालेको उहाँले बताउनुभयो । आइतबार बिहानसम्म प्रहरीले १८ अन्य पीडित पहिचान गरेको थियो । केहीको अवस्था जीवन–जोखिमपूर्ण रहेको थियो ।

फिट्जगेराल्डका अनुसार तत्काल कसैलाई पक्राउ गरिएको छैन । अनुसन्धानकर्ताहरूले अझै पनि लक्षित व्यक्तिहरू निर्धारण गरेका छैनन् । कुनै पनि जानकारी भएमा अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ र पुरस्कारको सम्भावना रहेको प्रहरीले बताएको छ ।

फाइभ पोइन्ट्स साउथ क्षेत्रमा मनोरञ्जन स्थल, रेस्टुरेन्ट र बारहरू छन् र त्यहाँ शनिबार राति प्रायः भीड हुन्छ । रासस, एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार