असार २६, २०८२ बिहिबार July 10, 2025

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफैंविरुद्धको अविश्वासको प्रस्तावलाई पराजित गर्न सफल भएको छ । क्यानडाको संसदमा छलफलपछि ल्याइएको अविश्वासको प्रस्ताव २११ विरुद्व १२० मतले पराजित भएको थियो ।

तर विपक्षी कन्जरभेटिभ सांसदहरूले मंगलबार फेरि एकपटक अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेकाले ट्रुडोको समस्या आगामी दिनमा कम हुने देखिएको छैन ।

कन्जरभेटिभ सांसदहरूले ट्रुडोको सरकार बढ्दो मुद्रास्फीति, आवास संकट र व्यापक अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन् । पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

टोरी नेता पियरे पोइलिभ्रे ओपिनियन पोलमा धेरै अगाडि देखिन्छन् र उनले देशमा तत्काल चुनाव चाहन्छन् । वामपन्थी न्यू डेमोक्रेटिक पार्टीले यस महिनाको सुरुमा लिबरलसँगको गठबन्धन तोडेको थियो । यसले ट्रुडो सरकारलाई कमजोर बनाएको छ ।

पोइलिभ्रेले ट्रुडोको सरकार हरेक मोर्चामा असफल भएको बताउदै मुलुकमा मुद्रास्फीति बढ्दै गएको  र आवास संकट गहिरिँदै गएको तथा देशको ऋण दोब्बर भएको बताएका छन् ।

यस महिनाको सुरुमा क्यानडाको वामपन्थी न्यू डेमोक्र्याटिक पार्टी वा एनडीपीले ट्रुडो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई समर्थन गर्दै आएको थियो, जसको कारण ट्रुडो सत्तामा रहिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार