असार २६, २०८२ बिहिबार July 10, 2025

पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्न पुटिनले दिए चेतावनी

आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरे दुवै देशले आक्रमण मानिने दिए धम्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।

बीबीसीका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसमा उनले सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताएका छन् ।

पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने बताएका छन् । यसमा रूस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरूविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो, जसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ, रूसले अझै पनि आणविक हतियारहरू प्रयोग गर्न सक्छ ।

रसियाली राष्ट्रपतिले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले आक्रमण मानिने बताए । उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको बताए । पुटिनले आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।

पुटिनले पश्चिमी देशहरूलाई आणविक युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन । रुसी राष्ट्रपतिले सेप्टेम्बर १२ मा पनि यदि पश्चिमी देशहरूले युक्रेनलाई क्रुज मिसाइल प्रयोग गर्न अनुमति दिए भने यसको मतलब नाटो रुसविरुद्ध युद्धमा प्रवेश गरेको बुझिने बताएका थिए । यदि यस्तो भयो भने अवश्य जवाफ दिने उनले बताएका थिए ।

युक्रेन अमेरिका र पश्चिमी देशको सहयोगमा रुसविरुद्ध साढे दुई वर्षदेखि युद्ध लडिरहेको छ । युक्रेनले अगस्टमा रुसमा प्रवेश गरी धेरै क्षेत्र आफ्नो कब्जामा लिएको थियो । रुसले आफ्नो क्षेत्र मुक्त गर्न खोजिरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार