असार २६, २०८२ बिहिबार July 10, 2025

युक्रेनी अस्पतालमा भएको रुसी हमलामा छ जनाको मृत्यु

बिरामी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ (युक्रेन), असोज १२ गते । युक्रेनको सीमावर्ती सहर सुमीको अस्पतालमा शनिबार भएको रुसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताउनुभएको छ ।

सुमी रुसको कुर्स्क क्षेत्रको सिमानाको छेउमा अवस्थित छ, जहाँ किभले गत अगस्ट मा रुसमा “बफर जोन“  सिर्जना गर्ने उद्देश्यले  आक्रमण सुरु गरेको थियो ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लिमेन्कोले टेलिग्राम मार्फत सुमीका अस्पतालमा रुसले दुई पटक आक्रमण गर्दा आलसम्म एकजना प्रहरीसहित छ जनाको मृत्यु भएको उल्लेख गर्नु भएको छ ।

पहिलो आक्रमणमा “एक जनाको ज्यान जानुका साथै अस्पतालको संरचनामा क्षति पुर्‍याएकाले  बिरामी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको  क्लिमेन्कोले जनाउनु भएको  छ ।

बिरामीहरूलाई स्थानान्तरण गर्ने क्रममा भएको दोस्रो प्रहारले एक जना प्रहरी घाइते भएको जनाइएको छ ।

सुमीको क्षेत्रीय प्रशासनले टेलिग्राम मार्फत दुवै आक्रमणमा  ड्रोनहरू समावेश भएको जनाएको छ । दोस्रो रुसी आक्रमणले आवासीय क्षेत्रमा प्रहार गरेको जनाइएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया