असार २६, २०८२ बिहिबार July 10, 2025

इरानको क्षेप्यास्त्र प्रहारपछी मध्यपूर्वमा तनाव बढ्दो

विश्व समुदायद्धारा इरान र इजरायललाई संयम हुन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १७ गते । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ ।

इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्व्रिmय पारिएको जनाएको छ । क्षेप्यास्त्र लागेर एक जनाको मृत्यु हुनुका साथै केही भौतिक संरचनामा क्षति पुगको समाचारमा जनाइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण ठुलो गल्ती  भएको र इरानले यसको मूल्य चुनाउनुपर्ने चेतावनी दिनुभएको छ ।   इरानले यो आक्रमण गत जुलाईमा हमास नेता इस्माइल हानिया र हालै हेजबुल्लाहका  प्रमुख नेता हसन नसरल्लाहको हत्याको बदला भएको दाबी गरेको छ ।

विश्व समुदायले इरान र इजरायललाई संयम हुन आग्रह गरेका छन् ।  यसैबिच इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई इजरायल प्रवेश गर्न रोक लगाएको छ ।

महासचिव गुटेर्रेसले इरानी आक्रमणको निन्दा नगरेको भन्दै  इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रस्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।” महासचिव गुटेर्रेसले गत वर्षको अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पनि निन्दा नगरेको उहाँको आरोप छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया