असार २२, २०८२ आइतबार July 6, 2025

साझा पार्टीका प्रवक्ता आचार्य र सचिवालय सदस्य खनालले पार्टी छोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साझा पार्टीका सचिवालय सदस्य डा‍. सूर्यराज आचार्य र मुमाराम खनालले आइतबार पार्टी परित्याग गरेका छन्। साझा पार्टीको आइतबार ललितपुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा दुबैजनाले पार्टीबाट अलग हुने बताएका हुन्।

विवेकशिल साझ पार्टी फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै उनीहरूले पार्टी छोडेकाे बताइएकाे छ ।
२०७४ साउन ११ गते पार्टी एकता गरेका साझा र विवेकशील पार्टी २७ पुस २०७५ मा विभाजन भएको थियो । बैठकले पार्टी एकताका लागि सम्वाद समिति समेत गठन गरेको छ । उक्त बैठकले प्रवक्ता एवं सचिवालय सदस्य आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ ।

रविन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी राजनीतिक रुपमा तेस्रो पार्टी हो,’ स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठीक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात आचार्य–खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै पार्टीबाट बाहिरिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार