असार २०, २०८२ शुक्रबार July 4, 2025

इजरायली आक्रमणको केही दिनमा सिरियामा इरानी सैन्य सल्लाहकारको मृत्यु

तेहरान समर्थित लडाकु नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रहरूसहित दोस्रो पटक गर्‍यो आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान । सिरियामा रहेको रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको यसै साताको सुरुमा दमास्कसमा भएको इजरायली आक्रमणमा चोट लागेपछि बिहीबार निधन भएको इरानी सञ्चारमाध्यमले बताएको छ ।

सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले बतायो ।

सिरियाका साथै लेबनानमा हालैका इजरायली आक्रमणहरूमा आफ्नो पङ्क्तिमा धेरै मृत्युको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्रसले दिवानीको मृत्युको पुष्टि गरेको छैन ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स युद्ध अनुगमनकर्ताका अनुसार मङ्गलबार दमास्कस क्षेत्रलाई लक्षित गरी भएको इजरायली आक्रमणमा तीन सर्वसाधारण र तीन इरान समर्थित लडाकुसहित कम्तीमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता इजरायलले सिरियामा धेरै आक्रमण गरेको छ र विशेषगरी सेनाको चौकीहरू र इरान समर्थित लडाकुहरूलाई लक्षित गरेको छ ।

इजरायली अधिकारीहरूले सिरियामा भएका व्यक्तिगत आक्रमणहरूबारे बिरलै टिप्पणी गरेको भए पनि उनीहरूले सिरियामा इरानको उपस्थिति विस्तार रोक्ने बारम्बार वाचा गरेका छन् ।

सिरियाली राष्ट्रपति बशर अल–असदको नजिकको सहयोगी इरानले भने सिरियामा आफ्नो लडाकु सेना नभएको बरु सैन्य सल्लाह र प्रशिक्षण प्रदान गर्ने अधिकृतहरू मात्र रहेको बताएको छ ।

इजरायललाई जिम्मेवार ठहर गरिएको शृङ्खलाबद्ध आक्रमणहरूपछि इरानले सिरियामा आफ्नो सैन्य उपस्थिति घटाएको बेलायतस्थित सिरियन अब्जर्भेटरीले अप्रिलमा बताएको थियो ।

अप्रिलमै भएको एक आक्रमणमा दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासलाई लक्षित गर्दा दुई जनरलसहित सात रिभोल्युसनरी गार्ड मारिएका थिए । त्यसपछि इरानले अप्रिल १३ र १४ मा इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमण गर्दै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्‍यो ।

यस साता तेहरान समर्थित लडाकु नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रहरूसहित दोस्रो पटक आक्रमण गर्‍यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार