श्रावण १४, २०८२ बुधबार July 30, 2025

विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको चेतावनी

मध्यपूर्व र युक्रेनलगायत विश्वव्यापी द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भिल्लर्स-कोटर्स, फ्रान्स, असोज १८ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार फ्रान्सेली भाषा बोल्ने देश ’फ्रान्कोफोन’ शिखर सम्मेलनको उद्घाटन गर्दै मध्यपूर्व र युक्रेनलगायत विश्वव्यापी द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

म्याक्रोनले फ्रान्सेली भाषी देशले मिलेर विश्वव्यापी शान्तिमा ठूलो योगदान दिनसक्ने कुरामा जोड दिनुभएको छ ।  “फ्रान्कोफोन संसारको यस्तो ठाउँ हो, जसले कुटनीतिको माध्यमबाट विश्वभरको सार्वभौमत्व र क्षेत्रीय अखण्डताको रक्षा गर्न सक्षम छ”, म्याक्रोनले भन्नुभयो ।

फ्रान्सेली भाषा बोल्ने युक्रेनमा आज आक्रमण भइरहेको छ, यसको सिमाना र क्षेत्रीय अखण्डतामा रुसी आक्रमणको खतरामा छ”, उहाँले बताउनुभयो । म्याक्रोनले यसअघि लेबनानमा शिया उग्रवादी समूह हिजबुल्लाह विरुद्ध इजरायली आक्रमणको विषयमा चिन्ता व्यक्त गर्दै नागरिक हताहतको सङ्ख्यामाट स्तब्ध भएको बताउनुभएको थियो ।

“इजरायल र प्यालेस्टाइन दुई-राज्यबिचको समाधानबिना मध्यपूर्वमा शान्ति हुन सक्दैन”, उहाँले भन्नुभयो । नेताहरु शुक्रबार पेरिसको उत्तरपूर्वमा र शनिबार फ्रान्सको राजधानीमा “फ्रान्कोफोनी“ शिखर सम्मेलनका लागि भेला भएका छन् ।  फ्रान्समा ३३ वर्षमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको हो ।

सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदीदेखी क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसम्म दर्जनौँ नेताहरुको सहभागीता रहेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार