असार २६, २०८२ बिहिबार July 10, 2025

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

अस्थाय भारतका प्रतिष्ठित व्यवसायी रतन टाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ ।

दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उहाँको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक हुनुहुथ्यो ।

टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया