असार २५, २०८२ बुधबार July 9, 2025

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भियन्ताइन, लाओस। चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा) को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताउनुभएको छ ।

लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भन्नुभयो, “यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।”

सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ ।

China, Australia to seek common ground amid warming ties - Global Timesवार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो। सम्बन्ध सुधारका लागि वर्षौँको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो ।

चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ ।

तर हुवावेलाई अस्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो।

बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ।

सन् २०२५ को सुरुमा पुनः निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो ।

मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ ।

यो अस्ट्रेलियाको लबस्टर निर्यातकहरूको लागि पनि एक जीत हो । अल्बानिजले चिनियाँ नयाँ वर्षको समयमा नै प्रतिबन्ध हटाइने बताउनुभएको थियो । चीनमा लबस्टरजस्ता विलासिताका सामानहरूको माग अत्यधिक छ। रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार