जेठ २२, २०८३ शुक्रबार June 5, 2026

विप्लवका पूर्वी क्षेत्रिय सैन्य कमाण्ड इन्चार्ज हतियार गोलीगठ्ठा सहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी कमाण्डका सैन्य इन्चार्जलाई प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ ।

कालिकोटको फेनेली घर भएर उर्लाबारीमा बस्दै आएका बर्ष ४० का नन्दबहादुर बोहरालाई पेस्तोल, गोली, बम तथा डेटोनेटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जोखिम र नन्दकिशोर उपनाम भएका बोहरा विभिन्न ७ वटा बम बिस्फोटका घटनाका फरार अभियुक्त भएको प्रहरीको दावी छ ।

मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईका अनुसार, गत १३ जेठमा मोरङ सुन्दरहरैचा ७ को बिजुलीको पोलमा प्रेसर कुकर बम राखेको, मोरङ पथरी शनिश्चरे १ को पानीटंकी छेउमा गत ११ चैतमा बम राखेको, गत ५ माघमा मोरङ मिक्लाजुङ्ग १ साकेला थानमा ३ वटा स्काभेटरमा बम बिस्फोट गराएको घटनामा बोहरा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

यस्तै बोहराले गत १० माघमा मोरङ केरावारी गाउँँपालिकाको कार्यालयमा र १२ माघमा केरावारी २ मा एनसेलको टावरमा बम बिस्फोटन गराएको, गत २३ भदौमा झापा बिर्तामोड २ चारपाने चौकको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा प्रेसर कुकर बम बिष्फोट गराएको प्रहरीको दाबी छ ।

गत वर्ष २० भदौमा सुनसरी ईटहरी ९ स्थित सुष्मा गोदावरी स्कुलको कम्पाउण्ड र धरानस्थित बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम प्रेसर कुकर बम बिष्फोट गराएको घटनामा पनि उनलाई आरोपी बनाइएको छ । प्रदेश १ का पहाडी जिल्ला भोजपुर र संखुवासभामा बोहराको हातहतियार मुद्दा रहेको प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार