भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

बेरोजगार व्यक्तिलाई वडामार्फत निवेदन दिन श्रम मन्त्रालयको एक महिने सुचना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा निवेदन दिन एक महिने सुचना जारी गरेको छ।

मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी आगामी साउन ७ गतेदेखि भदौ ७ सम्म सबै गाउँपालिका र नगरपालिकाका सम्बन्धित वडामार्फत निवेदन दिन आह्वान गरेको हो।

मन्त्रालयले स्थानीय तहहरुमार्फत बेरोजगार व्यक्तिको लगत संकलन गर्ने र आंशिक रोजगारी दिने गर्दछ । आर्थिक वर्ष २०७७/७८ मा रोजगार सेवा केन्द्रमा वेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गर्ने कार्य २०७७ चैत १ देखि प्रारम्भ भएता पनि विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण नेपाल सरकारले गत चैत्र ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण प्रभावित भएकोमा हाल बेरोजगार नागरिकले निवेदन दिने समय सीमा मिति २०७७ श्रावण ८ देखि २०७७ भाद्र ७ सम्म कायम गरिएको मन्त्रालयले जनाएको छ।

सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट बेरोजगार व्यक्तिको निवेदन संकलन र वेरोजगार व्यक्ति सूचिकरणको आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत गत वर्ष असार ३१ मा सबै गाउँपालिका र नगरपालिकामा अनुरोध भई सकेको जनाइएको छ।

यस सम्बन्धी थप विवरण र निवेदनको ढाचाँ www.pmep.gov.np बाट समेत प्राप्त गर्न सकिने उक्त सुचनामा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार