असार २५, २०८२ बुधबार July 9, 2025

नस्रल्लाहका उत्तराधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको इजरायलको दाबी

आक्रमण पछि सफीद्दिन सम्पर्कविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेलअभिव (इजरायल), कात्तिक ७ गते । इजरायली सेना (आइडिएफ) ले यस महिनाको सुरुमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हेजबुल्लाहका अधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको दाबी गरेको छ ।

हिज्बुल्लाहको कार्यकारी परिषद्का प्रमुख तथा हसन नस्रल्लाहको उत्तराधिकारीसमेत मानिएका सफीद्दिनको सेप्टेम्बरकै आक्रमणमा मृत्यु भएको द टाइम्स अफ इजरायलले जनाएको छ । आइडिएफका अनुसार हाशेम हसन नस्रल्लाहका भाइ थिए ।

इजरायली सेनाका अनुसार अक्टोबर–४ मा भएको आक्रमणमा हिजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर हुसेन अली हाजिमासँगै सफीद्दिनको मृत्यु भएको थियो ।

सेनाले लेबनान आक्रमणले बेरुतमा रहेको हेजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई लक्षित गरेको जनाएको छ । आक्रमणको समयमा शीर्ष कमाण्डरसहित हिजबुल्लाहको गुप्तचर डिभिजनका २५ जनाभन्दा बढी सदस्यहरू मुख्यालयमा रहेको आईडीएफलाई उदृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ ।

आक्रमण पछि सफीद्दिन सम्पर्कविहीन रहेको उल्लेख गर्दै आइडिएफले बुधबार सफीद्दिनको मृत्युको पुष्टि गरेको हो यद्देपी हिजबुल्लाहले भने अहिलेसम्म उनको मृत्युको पुष्टि गर्ने कुनै तथ्य जारी गरेको छैन ।

सामाजिक सञ्जाल एक्समा मार्फत आईडीएफले हिजबुल्लाह कार्यकारी परिषद्का प्रमुख हाशेम सफीद्दीन र हेजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर अली हुसेन हाजिमाको दहिहमा हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा मृत्यु भएको जनाएको छ ।

हाशेम हेजबुल्लाहका पूर्व नेता हसन नस्रल्लाहका भाई तथा हिजबुल्लाहका प्रमुख निर्णयकर्ता थिए । नस्रल्लाहको अनुपस्थितिमा हाशेमले हिजबुल्लाहको महासचिवको रूपमा काम गरेका थिए ।

यस अघि सेप्टेम्बर –२८ मा आइडिएफले बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा हसन नस्रल्लाहको हत्या भएको पुष्टि गरेको थियो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार