असार २०, २०८२ शुक्रबार July 4, 2025

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु, २०० घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खार्तूम, १० कात्तिक। मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका गैरसरकारी समूहहरूले जनाएका छन् ।

गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, “शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन्।”

समितिले भनेको छ, “अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन भने २०० भन्दा बढी अन्य घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।”

शुक्रबार बिहानैदेखि आरएसएफ लडाकूले गेजिरा राज्यको उत्तरमा रहेको अल कमलिन इलाकाको अलसेरिहा गाउँमा आक्रमण गरेको थियो ।
लडाकूहरूले हतियार र तोपमार्फत् अग्लो भवनबाट निहत्था नागरिकहरूमा गोली हान्न थालेको एक गैर–सरकारी समूहले जनाएको छ ।

सुडानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत गेजिरा राज्यका गाउँ र शहरविरुद्ध आरएसएफको प्रतिशोधात्मक अभियानको निन्दा गरेको छ ।

आरएसएफले जनजाति र क्षेत्रीय आधार इलाकाहरूमा अभियानहरू सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२३ मध्य अप्रिलदेखि सुडानमा सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वले सुडानमा व्यापक आर्थिक तथा भौतिक क्षति पुगेको छ । सशस्त्र द्वन्द्वका कारण यहाँ हालसम्म २४ हजार ८५० भन्दा बढीको ज्यान गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार