भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

राखेप सदस्य सचिवको १ पदमा २७ उम्मेदवारबिच प्रतिष्पर्धा हुँने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव पदका लागि खुला दर्खास्त आह्वान गरिएको छ । यो ६ दशकको राखेपको इतिहासमा पहिलो पटक यस्तो खुला दर्खास्तको आह्वान भएको हो । सदस्य सचिव पदका लागि अहिले मैदानमा २७ जना उम्मेदवारी परेका छन् ।

आज दरखास्तको अन्तिम दिन बिहीबारसम्ममा थप १५ जनाले आवेदन दर्ता गरेका छन् । अघिल्लो दिन मात्रै निवर्तमान राखेप सदस्य सचिव रमेश सिलवालले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । गत मंसीरमा १३ औं साग सम्पन्न गरेर सफल बनेका सिलवाल सदस्यसचिव पदका लागि बलियो उम्मेदवारी पनि हुन् ।

खेलकुद विकास ऐन अनुसार सदस्यसचिवको सिफारिसका लागि खेलकुद मन्त्रालयले तीन सदस्यीय टोली बनाएको छ जसमा रामप्रसाद थपलिया संयोजक तथा इन्दिरा निरौला र रिम रानाभाट सदस्य छन्।

समितिले कम्तीमा एक महिलासहित तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। २७ जनामध्ये तीन महिलाको उम्मेद्वारी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १२, शुक्रबार
गृहसचिवमा केदारनाथ शर्मा र रक्षामा इन्दु घिमिरे नियुक्त
२०८३ भाद्र १२, शुक्रबार
राष्ट्रिय क्षमतामै विश्वास गरौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र १२, शुक्रबार
नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत
२०८३ भाद्र १२, शुक्रबार
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार