काठमाण्डौंः स्पेनको दक्षिणी शहर भ्यालेन्सियामा आएको भीषण बाढीमा परेर हराइरहेको खोजी गर्न आपत्कालीन सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।
९५ जनाको मृत्यु हुनेगरी आएको बाढीले भत्काएका संरचनाहरुको भग्नावशेषहरु हटाउदै उद्दारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।
बाढीमा परेर कतिजना हराएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि सेनाले संभाव्य स्थानहरुमा खोजी भइरहेको जनाएको छ ।
स्पेनको दक्षिणी शहर भ्यालेन्सियामा हिजो बाढी आएपछि राति देखि नै उद्दारकार्यलाई निन्तरता दिइएको छ । बाढीले सडकहरु बगाएको छ भने कयौं घर र कारहरु डुवाएको छ ।
आकस्मिक विपदको घटना पछि स्पेन सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
यसैबीच, स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।
बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको र बाढीमा बाँचेकाहरूको खोजीका लागि उद्धारकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।
स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरहरुमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन् भने स्पेनले विपत्तीमा परी मृत्यु हुनेको सम्झनामा तीन दिनको शोकको घोषणा गरेको छ ।
प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपतकालीन सेवाहरूको आग्रहलाई अनुसरण गर्न र अतिआवश्यक काममाबाहेक घरबाहिर नजान आग्रह गर्नुभएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया