असार २५, २०८२ बुधबार July 9, 2025

स्पेनको बाढी प्रभावित क्षेत्रमा थप १० हजार सैनिक परिचालन

पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भ्यालेन्सिया, १७ कार्तिक । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ।

भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाउने घोषणा गर्नुभएकमो हो।

दशकौँ यताकै सबैभन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ।

Spain floods latest: Death toll at 211 and 5,000 more soldiers deployed as  more rain expected in other regions

सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा घातक बाढी भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि भएको घोषणा गर्नुभएको छ।

भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताउनुभएको छ।

उहाँले भन्नुभयो, “केही दिनदेखि खाद्यान्न, पानी र बिजुलीबाट वञ्चित भएका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनःस्थापित गर्नु र सहायता वितरण गर्नु प्राथमिकताको विषय हो।”

अधिकारीहरू बाढी आउनुभन्दा पहिले चेतावनी प्रणालीको पर्याप्तताको कारण आलोचनामा परेका छन् भने केही पीडित बासिन्दाहरूले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन्। रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार