असार २५, २०८२ बुधबार July 9, 2025

इजरायली गोलाबारीमा १६ प्यालेस्टिनीको मृत्यु

लगातार इजरायली हवाई आक्रमण, विस्फोटका कारण दर्जनौँ मृतक र घाइते अझै बेत लाहियामा भग्नावशेषमुनि दबिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा। इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन्।

बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचनामा इजरायली बमबारीमा १५ प्यालेस्टिनी मारिएको र अरू घाइते भएका मेडिकल स्रोतले जनाएको छ। लगातार इजरायली हवाई आक्रमण, विस्फोटका कारण दर्जनौँ मृतक र घाइते अझै बेत लाहियामा भग्नावशेषमुनि दबिएका छन्।

यसैबीच, जबलिया अल नाजलाको हलिमा अल सादिया स्कुलको परिधिमा इजरायली ड्रोन आक्रमणमा दुई दिनअघि घाइते भएका प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायली सेनाले अल सफ्तावीमा आवासीय संरचना र ब्लकहरूमा गोलाबारी तीव्र पारेको छ। जबलिया शिविरका साथै बेत लाहिया सहरमा विस्फोटका आवाज सुनिएको थियो।

बिहान सबेरै इजरायली सेनाका सशस्त्र गाडीहरू बेत लाहियाको पश्चिममा अल–साइमा क्षेत्रमा प्रवेश गरे र जबलिया शिविरको पश्चिममा रहेको अल–फखौरा स्कूलतर्फ अघि बढेको थियो।

चुनौतीपूर्ण मानवीय अवस्था र बासिन्दाहरूलाई विस्थापित गर्ने प्रयासका बीच सेनाले उत्तरी गाजा पट्टीको ३२औँ दिनका लागि आफ्नो घेराबन्दी जारी राखेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार