मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जर्मन चान्सलर स्कोल्जलाई तत्काल विश्वासको मत लिन प्रतिपक्षको माग

स्कोल्जसँग वार्ता गर्ने तयारीमा रहेका मर्जले जनवरीमा नै चुनावका लागि मार्ग प्रशस्त गर्न विश्वासको मत लिन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्लिन । जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सङ्कटग्रस्त सरकारलाई संसद्मा तत्काल विश्वासको मत पुष्टि गर्न जर्मनीको विपक्षी दलले बिहीबार आग्रह गरेको छ।

आफ्नो संसदीय समूहको बैठकपछि बोल्दै सिडियूका अध्यक्ष फ्रेडरिक मर्जले ग्रिन्स र फ्रि डेमोक्र्याट्स (एफडिपी) सँग स्कोल्जको तीन दलीय गठबन्धन ‘असफल’ भएको बताउनुभयो ।

महिनौँको तिक्ततापूर्ण आन्तरिक कलहपछि चान्सलरले आफ्ना अर्थमन्त्री क्रिश्चियन लिन्डनरलाई एफडिपीबाट बर्खास्त गरेपछि स्कोल्जको त्रिपक्षीय गठबन्धन टुटेको छ ।

जर्मनीले धेरै घरेलु र अन्तर्राष्ट्रिय सङ्कटहरूको सामना गरिरहेको समय आएको यो आश्चर्यजनक कदमले चान्सलरको एसपिडी र ग्रीन्सले एक अनिश्चित अल्पमत सरकारको रूपमा शासन गरेको छ ।

यसअघि, स्कोल्जले जनवरी १५ सम्ममा विश्वासको मत लिने र यसले सांसदहरूले मार्चसम्ममा मध्यावधि निर्वाचन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सक्ने बताउनुभएको थियो ।

तर बिहीबार स्कोल्जसँग वार्ता गर्ने तयारीमा रहेका मर्जले जनवरीमा नै चुनावका लागि मार्ग प्रशस्त गर्न विश्वासको मत लिन आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “स्कोल्जले हिजो (बुधबार) राति लिएको फैसला गठबन्धन सरकारको अन्त्य हो र यसैले यो विधायिकी अवधिको अन्त्य हो,” उहाँले भन्नुभयो ।

देशमा आर्थिक सङ्कट, युक्रेन र मध्यपूर्वमा द्वन्द्व र अमेरिकी सत्ताको परिवर्तनसँगै आएको गठबन्धन तोड्ने निर्णय जर्मनीका लागि ठूलो राजनीतिक अनिश्चितताको अवधिको सामना गर्ने कारकका रूपमा देखिएको छ ।

स्कोल्जले एसपिडीका सदस्य तथा निकट सहयोगी जोर्ग कुकिजलाई आफ्नो नयाँ अर्थमन्त्रीका लागि सिफारिस गरिसकेको सरकारी स्रोतले बिहीबार एएफपीलाई जानकारी दिएको छ ।

यसैबीच, एफडीपीका यातायातमन्त्री भोल्कर विसिङले आफूले पार्टी परित्याग गरी सरकारमा बस्ने बताउनुभएको छ ।

“स्कोल्जको सत्तारुढ गठबन्धनबाट बाहिरिएका एफडिपीका अन्य क्याबिनेट मन्त्रीहरूसँग म किन सामेल हुन सकिरहेको छैन भने म आफू इमान्दार रहेर राज्यप्रति बफादार भएर काम गर्न चाहन्छु,” विसिङले भन्नुभयो।

गठबन्धनको सबैभन्दा सानो दल एफडिपीले लामो समयदेखि कसरी प्रभावकारी बजेट बनाउने र समस्याग्रस्त जर्मन अर्थव्यवस्थालाई उकास्ने भन्नेलगायतका विषयमा एसपिडी र ग्रीन्ससँग असहमति जनाउँदै आएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार