असार २५, २०८२ बुधबार July 9, 2025

पाकिस्तानको क्वेटामा भएको विस्फोटमा २० जनाको मृत्यु, ५३ घाइते

आक्रमणको निशाना क्वेटामा तालिम पूरा गरेर अन्य प्रान्तहरूमा आफ्नो घरतर्फ जाँदै गरेका सैनिकहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा शनिवार बिहान भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ । साथै अन्य ५३ जना घाइते भएको पाकिस्तानी रेल्वेका प्रमुख कार्यकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी क्वेटाको रेल्वे स्टेशनको प्लेटफर्म नम्बर १ मा स्थानीय समयअनुसार बिहान ८ः२० बजे (जीएमटी ०३२०) आक्रमण भएको हो । आक्रमणको निशाना क्वेटामा तालिम पूरा गरेर अन्य प्रान्तहरूमा आफ्नो घरतर्फ जाँदै गरेका सैनिकहरू थिए ।

एक आत्मघाती आक्रमणकारीले सैनिक, रेल्वे प्रहरी र नागरिक यात्रुहरूसहित १०० भन्दा बढी मानिसको भीडमा आफ्नो विस्फोटक ज्याकेट विस्फोट गराएको स्रोतले बताएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको निन्दा गर्दै घाइतेहरूलाई सम्भव भएसम्मको उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया