असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ

त महिना अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ता गर्नका लागि कुनै आधार नभएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग सञ्चार च्यानलहरू अझै खुला रहेको इरानका शीर्ष कूटनीतिज्ञले बुधबार बताएका छन् ।

“हामी र अमेरिकीहरूबीचको सञ्चार च्यानलहरू अझै पनि विद्यामान छन्”, अब्बास अराघचीले साप्ताहिक क्याबिनेट बैठकको साइडलाइनमा भन्नुभयो, “अमेरिकीहरूसँग हाम्रा मतभेदहरू छन्, जुन कहिलेकाहीँ धेरै आधारभूत र केन्द्रीय हुन्छन् र समाधान हुन सक्दैनन्, तर हामीले उनीहरूको लागत घटाउन र तनाव कम गर्न व्यवस्थापन गर्नुपर्छ ।”

उहाँले गत महिना अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ता गर्नका लागि कुनै आधार नभएको बताउनुभएको थियो । “हामीले वर्तमान सङ्कट पार नगरेसम्म यी वार्ताका लागि कुनै आधार देख्दैनौँ”, क्षेत्रीय भ्रमणको हिस्साका रूपमा अक्टोबर १४ मा ओमानको खाडी सल्तनतको भ्रमणका क्रममा उहाँले भन्नुभएको थियो ।

ओमानले लामो समयदेखि इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्दै आएको छ । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि पश्चिमी नेतृत्वको शाह मोहम्मद रेजा पहलवीलाई हटाएसँगै अमेरिकाले इरानसँगको सम्बन्ध तोडेको थियो ।

इरानी शीर्ष कूटनीतिज्ञको टिप्पणी मङ्गलबार देशका राष्ट्रपतिले प्रतिध्वनित गर्नुभएको थियो । “अमेरिकाको सन्दर्भमा, चाहे हामीलाई मन पर्दछ वा मन पर्दैन, हामी अन्ततः क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा यस देशको सामना गर्नेछौँ र यो मुद्दालाई आफैँले व्यवस्थापन गर्नु राम्रो हुन्छ”, राष्ट्रपति मसुद पेजेस्कियानले भन्नुभयो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको इरान सन् २०१५ मा अमेरिकासहितका प्रमुख शक्तिहरूसँग आफ्नो आणविक कार्यक्रमलाई सीमित गर्न र क्रमशः प्रतिबन्धहरू हटाउने सम्झौतामा पुगेको थियो ।

तर ट्रम्प प्रशासनले यो सम्झौतालाई तीन वर्षपछि फिर्ता लिएर प्रतिबन्धहरू पुनः लागु गरेपछि सम्झौता विफल भयो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले देशको आणविक कार्यक्रममा इरानी अधिकारीहरूसँग वार्ता गर्न बुधवार तेहरानको भ्रमण गर्ने क्रममा यो घटनाक्रम आएको हो ।

“एजेन्सीसँग कसरी सहयोग गर्ने भन्ने विषयमा समस्या र असहमति छ”, बुधबार अराघचीले भन्नुभयो । उहाँले ग्रोसीको भ्रमणका क्रममा दुवै पक्षले ‘अस्तित्वमा रहेका केही मतभेद र भविष्यमा कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा सहमतिमा पुग्न सक्ने’ आशा व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार