काठमाडौँ, कात्तिक २९ गते । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेश सचिवमा मनोनीत गरिएको घोषणा गर्न पाउनु आफ्नो लागि ठुलो सम्मानको कुरा भएको ट्रम्पले बताउनुभएको छ । ट्रम्पको घोषणासँगै रुबियोले विदेश सचिवको हैसियतमा विदेश नीति एजेन्डा पूरा गर्न हरेक दिन काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
राष्ट्रपति प्रशासनका अन्य मन्त्रिपरिषद् सदस्यहरूको लागि जस्तै राज्य सचिवले पदभार ग्रहण गर्नुअघि सिनेटबाट अनुमोदन गर्नुपर्नेछ । रुबियोले २०१६ को चुनावमा असफल राष्ट्रपति अभियान चलाउनुभएको थियो ।
जसमा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकाल जित्नुभएको थियो । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया