असार २५, २०८२ बुधबार July 9, 2025

ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट

अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेकै बेला विस्फोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

राजधानी ब्रासिलियामा रहेको सर्वोच्च अदालत परिसरमा बुधबार साँझ विस्फोट हुँदा एक जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। सर्वोच्च अदालतसँगै संसद भवन र राष्ट्रपतिको कार्यालय समेत अवस्थित रहेको राजधानीको केन्द्रमा बुधबार साँझ दुई पटक विस्फोटको आवाज सुनिएको थियो।

ब्रासिलियाका डेपुटी गभर्नर सेलिना लिआओका अनुसार गत बुधबार साँझ अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेको थियो। त्यति नै बेला विस्फोटको आवाज सुनिएको थियो। त्यतिबेला न्यायाधीशहरूले भर्खरै सुनुवाइ सकाएका थिए। विस्फोटको आवाज सुनिनेबित्तिकै उनीहरूलाई बाहिर निकालिएको थियो।

लगत्तै प्रहरीले भवनको बाहिरी भागमा एक जनालाई मृत फेला पारेको थियो। महान्यायाधिवक्ता जर्ज मेसियसले घटनाको निन्दा गर्दै योजनाबद्ध रूपले सर्वोच्च अदालत परिसरमा विस्फोट गराइएको बताए। उनले त्यसबारेमा यथाशीघ्र छानबिन हुने पनि बताएका छन्।

‘हामीले आक्रमणको उद्धेश्य चाँडै पत्ता लगाएर शान्ति र सुरक्षालाई पुनस्थापित गराउनुपर्छ,’ उनले भनेका छन्। डेपुटी गभर्नर लिआओले घटनाको अनुसन्धानका लागि अदालत खाली गराइएको र संसद भवन पनि बिहीबारका लागि बन्द गर्न भनिएको बताइन्।

उनले घटना आत्महत्या हुनसक्ने पनि बताइन्। ‘हामी यसलाई आत्महत्या अनुमान गरिरहेका छौं। किनकी मृतक एक जनामात्रै छन्। यद्यपि अनुसन्धानले सत्यतथ्य के हो भन्ने अवश्य देखाउनेछ,’ उनले भनिन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार