असार २५, २०८२ बुधबार July 9, 2025

सिरियाका आवासीय भवनमा इजरायली हवाई आक्रमण: १५ जनाको मृत्यु

दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तर पश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  कात्तिक ३० गते । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणबाट १५ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण शुरु भएको थियो ।  दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तर पश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना बनाएको थियो ।

आक्रमणले महिला र बालबालिकासहित अन्य १६ जना घाइते भएको बताइएको छ । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया