असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिका र फिलिपिन्स द्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता

चीनले आफ्नो दाबीको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय फैसला खारेज गरी सेना र तट रक्षक जहाजहरू तैनाथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनिला । अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गर्नु भएको हो भने राष्ट्रपति फर्डिनान्ड मार्कोस  पनि यस सम्झौतामा सहभागी रहेको जनाइएको छ ।

सैन्य सूचना सम्झौताले वर्गीकृत जानकारी आदान प्रदान गर्ने अनुमति दिई प्रविधिहरूको बिक्रीलाई सुव्यवस्थित गर्ने अधिकारीहरूले  बताएका छन् ।

यसै गरी फिलिपिन्सको रक्षा मन्त्रालयले उक्त दस्ताबेजलाई “फिलिपिन्स र अमेरिकाबिच सूचना साझेदारी बढाउने महत्वपूर्ण कार्य भएको जनाएको  छ ।

मार्कोस सरकारले दक्षिण चीन सागरको अधिकांश भूभागमा बेइजिङको क्षेत्रीय दाबीको विरुद्धमा पछाडि धकेलेको छ भने राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प कार्यालयमा फर्कने तयारीमा हुनुहुन्छ ।

चीनले आफ्नो दाबीको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय फैसला खारेज गरी सेना र तट रक्षक जहाजहरू तैनाथ गरेको छ ।

यसै गरी मनिलाले आफ्ना जहाजहरूलाई दबाबमा पारी पानी ,केही चट्टान र टापुहरूमा पहुँच विहीन गराएको बताएको छ ।

यसले हिंसात्मक भिडन्त निम्त्याउँदा विगत १८ महिनामा  कँर्यौ  फिलिपिनो कर्मचारीहरू घाइते हुनुका साथै उनीहरूका जहाजमा क्षति पुगेको जनाइएको छ ।

यसले फिलिपिन्ससँगको आपसी रक्षा सन्धिको कारण संयुक्त राज्य अमेरिका सशस्त्र द्वन्द्वमा पर्न सक्ने चिन्तालाई बढाएको छ ।

फिलिपिन्सको रक्षा मन्त्रालयले अस्टिनले मङ्गलबार पश्चिमी टापु पलावनको भ्रमण गर्ने र दक्षिण चीन सागरमा गस्ती र रक्षाका लागि जिम्मेवार फिलिपिन्सका सेनाहरूसँग बैठक गर्ने बताएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया