कार्तिक ४, २०८३ बुधबार October 21, 2026

म्याग्दीको आईसोलेसनमा रहेका १४ जना कोरोना जितेर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः म्याग्दीको बेनीस्थित आइसोलेसनमा रहेका १४ कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् । हालसम्म ४० जनामा सङ्क्रमण पोजिटिभ आएको म्याग्दीमा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

आइसोलेसनमा बसेकामध्ये मालिका गाउँपालिका-१, निस्कोटका ३३ वर्षीय, २ का २५ वर्षीय, ३ का ४८ वर्षीय, ५ का २९ वर्षीय र ७ का २६ वर्षीय गरी पाँच जना मालिका गाउँपालिकाका रहेका छन् । त्यस्तै, बेनी नगरपालिका- १ का १८ वर्षीय, ४ का २८ र ३० वर्षीय पुरुषहरू कोरोना जितेर घर फर्केका छन् । त्यसैगरी मङ्गला गाउँपालिका–१ का ३५ वर्षीय पुरुष एवम् २ हिदीका २३ वर्षीय पुरुषले कोरोना जितेका छन् भने रघुगङ्गा-३ का ३० र ४७ वर्षीय, ६ का २९ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिका–६, घारका ३० वर्षीय पुरुषले कोरोना जितेर घर फर्केका छन् ।

साउन ४ गते बिहान ६ जनामा कोरोना पोजिटिभ देखिएसँगै आइसाेलेसन भरिएकोमा ४ गते राति १४ जनाको नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएसँगै आइसाेलेसनमा छ जना मात्रै बाँकी रहको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । आइतबार एक रात भने बेनीमा रहेको २० बेड क्षमताको आइसोलेसनमा सबै शय्या भरिएको भएको थियो ।

सोमबार १४ जना डिस्चार्ज भएसँगै म्याग्दीमा कोरोना निको हुनेहरू ३४ पुगेका छन् भने आइसोलेसनमा छ जना उपचाररत रहेका छन् । बेनीमा तीन ठाउँमा रहेको क्वारेन्टाइनमा विदेशबाट आएर एक महिलासहित १२० जना बसेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन सबैमा बिदेशबाट आएका नागरिक मात्रै रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार