भाद्र १३, २०८३ शनिबार August 29, 2026

म्याग्दीको आईसोलेसनमा रहेका १४ जना कोरोना जितेर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः म्याग्दीको बेनीस्थित आइसोलेसनमा रहेका १४ कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् । हालसम्म ४० जनामा सङ्क्रमण पोजिटिभ आएको म्याग्दीमा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

आइसोलेसनमा बसेकामध्ये मालिका गाउँपालिका-१, निस्कोटका ३३ वर्षीय, २ का २५ वर्षीय, ३ का ४८ वर्षीय, ५ का २९ वर्षीय र ७ का २६ वर्षीय गरी पाँच जना मालिका गाउँपालिकाका रहेका छन् । त्यस्तै, बेनी नगरपालिका- १ का १८ वर्षीय, ४ का २८ र ३० वर्षीय पुरुषहरू कोरोना जितेर घर फर्केका छन् । त्यसैगरी मङ्गला गाउँपालिका–१ का ३५ वर्षीय पुरुष एवम् २ हिदीका २३ वर्षीय पुरुषले कोरोना जितेका छन् भने रघुगङ्गा-३ का ३० र ४७ वर्षीय, ६ का २९ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिका–६, घारका ३० वर्षीय पुरुषले कोरोना जितेर घर फर्केका छन् ।

साउन ४ गते बिहान ६ जनामा कोरोना पोजिटिभ देखिएसँगै आइसाेलेसन भरिएकोमा ४ गते राति १४ जनाको नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएसँगै आइसाेलेसनमा छ जना मात्रै बाँकी रहको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । आइतबार एक रात भने बेनीमा रहेको २० बेड क्षमताको आइसोलेसनमा सबै शय्या भरिएको भएको थियो ।

सोमबार १४ जना डिस्चार्ज भएसँगै म्याग्दीमा कोरोना निको हुनेहरू ३४ पुगेका छन् भने आइसोलेसनमा छ जना उपचाररत रहेका छन् । बेनीमा तीन ठाउँमा रहेको क्वारेन्टाइनमा विदेशबाट आएर एक महिलासहित १२० जना बसेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन सबैमा बिदेशबाट आएका नागरिक मात्रै रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार
‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’ : अध्यक्ष साम्पाङ
२०८३ भाद्र १३, शनिबार