मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णायक हुन्छ : जेलेन्स्की

मस्कोले जाडोअघि युक्रेनी सहरहरूमा हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसी आक्रमणको एक हजारौँ दिनमा संसद्लाई सम्बोधन गर्दै सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णायक हुने बताउनुभएको छ ।

युद्धको निर्णायक क्षणमा युक्रेनका लागि ‘लचिलोपन योजना’ प्रस्तुत गर्दै उहाँले वासिङ्टनले किएभलाई अमेरिकी मिसाइलहरू रूसी क्षेत्रमा प्रहार गर्न लामो समयदेखि प्रतीक्षा गरिएको स्वीकृति दिएपछि सो कुरा बताउनुभएको हो ।

“निर्णायक क्षणहरूमा – र तिनीहरू अर्को वर्ष आउँदैछन् – हामीले संसारमा कसैलाई पनि हाम्रो सम्पूर्ण राज्यको लचिलोपनमा शङ्का गर्न दिनु हुँदैन । साथै यस चरणमा कसले जित्नेछ भन्ने निर्णय भइरहेको छ”, जेलेन्स्कीले युक्रेनी सांसदहरूलाई भन्नुभयो, “यो युद्ध पोक्रोभस्क, कुपियान्स्क वा अन्य कुनै सहर, नगर वा गाउँका बारेमा मात्र होइन, हाम्रो यो वा त्यो क्षेत्रको बारेमा मात्र होइन । यो युद्ध सम्पूर्ण युक्रेनका बारेमा हो, यो युद्ध सम्पूर्ण युरोपका बारेमा हो, सम्पूर्ण विश्वको व्यवस्था वा अराजकताको बारेमा हो ।”

मस्कोले जाडोअघि युक्रेनी सहरहरूमा हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको छ र उत्तर कोरियाबाट युद्धमा प्रयोग गर्न १० हजारभन्दा बढी लड़ाकु सैनिक प्राप्त गरेको छ ।

कूटनीतिक मोर्चामा संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको निर्वाचनपछि युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताको चर्चा बढिरहेको छ ।

अमेरिकी सहायताको अनिश्चितताका बीच जेलेन्स्कीले किएभले अरू कसैलाई देशको भविष्य निर्णय गर्न दिनुहुँदैन भन्नुभयो । “यो एउटा यस्तो युद्ध हो जसले सम्पूर्ण राष्ट्रको भाग्य निर्धारण गर्छ र कसैले पनि हाम्रो लागि यो निर्णय गर्नु हुँदैन वा गर्न सक्दैन”, उहाँले भन्नुभयो ।

ट्रम्पका वक्तव्यहरूले युद्ध अन्त्य गर्न चाँडै सम्झौता गर्न लक्ष्य राखेको बताउँदै वासिङ्टनले किएभलाई क्षेत्रीय सम्झौता स्वीकार गर्न बाध्य पार्न सक्ने डर सिर्जना भएको छ ।

जेलेन्स्कीका अनुसार किएभले आफ्नो पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रलाई पुनः प्राप्त गर्न रुसमा भ्लादिमिर पुटिनको शासनको अन्त्यसम्म पर्खनु पर्ने हुनसक्छ ।

“सम्भवतः युक्रेनले आफ्ना सबै लक्ष्यहरू हासिल गर्न मस्कोमा कसैलाई हराउनु पर्नेछ।।। सायद राज्यको पूर्ण अखण्डता पुनःस्थापना गर्न”, जेलेन्स्कीले युक्रेनको संसद्लाई सम्बोधन गर्दै भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार