असार २५, २०८२ बुधबार July 9, 2025

५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको दाबी

पछिल्लो समयमा रुसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, मङ्सिर ५ गते । रुसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार अधिकांश ड्रोनलाई नोभगोरोड क्षेत्रमा नष्ट गरेको थियो भने अन्य ड्रोनहरू कुर्स्क, बेलगोरोड र ब्रिन्स्कका साथै मस्को क्षेत्रमा नष्ट गरिएको थियो । यस बाहेक, क्षेत्रीय गभर्नर व्याचेस्लाभ फेडोरिस्चेभले अनुसार बुधबार बिहान समारामा छ वटा युक्रेनी ड्रोनहरू खसालेको बताउनुभएको छ ।

ड्रोन आक्रमणले कुनै चोट पटक वा क्षति नपुर्‍याएको उहाँले टेलिग्राम मार्फत उल्लेख गर्नु भएको छ । पछिल्लो समयमा रुसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै आएको छ ।यसै गरी किभले ऊर्जा केन्द्रलाई लाई लक्षित गरी गरिएका आक्रमण र विस्फोटको प्रतिक्रियामा ड्रोन आक्रमण गर्न बाध्य भएको जनाएको  छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया