मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

मस्यौदामा तत्काल, स्थायी युद्धविरामका साथै बन्धकको रिहाइको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गर्नु भएकोको छ ।

राष्ट्रपति अब्बासले अमेरिकाले चौथो पटक भिटो प्रयोग गरी इजरायललाई प्यालेस्टिनी तथा लेबनानी जनता विरुद्धको “अपराध“ र अन्तर्राष्ट्रिय कानूनको उल्ङघन गरेको उल्लेख गरेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफए जनाएको छ ।

वक्तव्यमा यहाँले राष्ट्रसङ्घीय सुरक्षा परिषद र अन्तर्राष्ट्रिय समुदायमा प्यालेस्टाइनको माग स्पष्ट रहेको जनाउदै “आक्रमण“ रोक्न, युद्धविराम लागू र इजरायलले प्यालेस्टिनी जनता विरुद्ध गरेको “अपराध“ लाई सम्बोधन आव्हान गर्नु भएको छ ।

US vetoes Algerian resolution demanding immediate ceasefire in Gaza | UN  Newsविज्ञप्तिमा मानवीय सङ्कट तथा भोकमरी अन्त्य गर्न तुरुन्तै कार्य गरेर प्यालेस्टिनी जनताको जिम्मेवारी लिन आग्रह गरिएको छ ।

प्यालेस्टिनी अख्तियारका विदेश मामिला तथा प्रवासी राज्यमन्त्री फार्सिन शाहिनले अमेरिकी भिटोलाई “अन्यायपूर्ण, र अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित भन्नु भएको छ ।

यसै गरी हमासले एक विज्ञप्ति मार्फत भिटो प्रयोग गरेर अमेरिकाले आक्रमणको प्रत्यक्ष साझेदार बनेको प्रमाणित गरेको जनाएको छ । वक्तव्यमा अमेरिकालाई शत्रुतापूर्ण नीति“ रोक्न आह्वान गर्दै युद्धको अन्त्य गरी यस क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न आह्वान गरेको छ ।

अमेरिकाले बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमा भिटो प्रयोग गरे पछि सयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले कडा आलोचना गरेका छन् ।

परिषद्का–१० लगायत गैर–स्थायी सदस्यहरूले मस्यौदामा तत्काल, स्थायी युद्धविरामका साथै बन्धकको रिहाइको माग गरेका छन् ।

सुरक्षा परिषदका सदस्यहरुमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार