बैसाख २२, २०८३ मंगलबार May 5, 2026

विपद् व्यवस्थापनको लागि काम गरिरहेका छौं : सिईओ पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुलुकभरि बाढीपहिरो गइरहेको छ । जनताहरू पीडा र समस्यामा छन् । जनजीवन अस्तव्यस्त छ । तपाईहरू के गर्दै हुनुहुन्छ ?

अस्तिदेखि लगातार पानी पर्न सुरु भएको छ । त्यसपछि मुख्य गरी मध्य पहाडी भू-भागमा पहिरोहरूको घटना हामीले हिजो पायौँ । झन्डै सात जनाको मृत्यु भयो । तराईमा पनि लगातारको झरीले थप बाढी ल्याएको छ । सबै पानी सोहोरिँदै तल पुग्ने हो । त्यसकारणले गर्दा तराईका भू-भागहरूमा पनि जलमग्न छ । प्रदेश १, २ र ५ का जिल्लाहरू बाढीले अहिले आक्रान्त छन् ।

महामारीमाथि प्राकृतिक विपत्ति । अब तपाईले रोक्नको लागि कस्तो रणनीति बनाउनुभएको छ उद्धार र राहतको लागि ?

अस्तिदेखि पर्न लागेको झरीलाई हामीले शुक्रबार नै जल तथा मौसम विभागसँग मिलेर पूर्वानुमान गरेका थियौँ । हामीले ७२ घण्टा अगावै जानकारी गर्न मिडियामार्फत बाहिर सम्प्रेषण गर्न सक्यौं । त्यतिखेरबाट नै हामीले जिल्ला-जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकारहरूलगायत स्वंयसेवीहरूमाफर्तत हामीले आग्रह गर्यौँ । मुख्य रूपमा सुरक्षा संयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, जनपद प्रहरीका हाम्रा साथीहरूलाई उहाँहरूलाई हामीले पत्राचार गर्यौ, फोन गर्यौ । उहाँहरूलाई मोबिलाइज गरेर हामीले हिजोको थुप्रै घटनामा हिजो राति पनि नेपाली सेना लगायत हाम्रो तीनवटै सुरक्षा संयन्त्रका साथीहरू अहिले फिल्डमा अहोरात्र खटिनुभएको छ । उहाँहरूलाई चाहिने उपकरण, उद्धारका लागि सामग्रीहरू त्यस सँगसँगै राहतका सामग्रीहरू पहिले नै बन्दोबस्त गरेर उहाँहरूलाई तैनाथ गरेर राखिएको छ ।

पृथ्वी राजमार्ग पनि क्षत विक्षत भएको छ । मलाई त्यहाँबाट पनि फोन आएको छ । धेरै ठाउँमा पहिरो गएको छ । राजमार्गहरू खोलाको कारणले गर्दा अस्तव्यस्त छ । तपाईहरू कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ, कसरी खुलाउँदै हुनुहुन्छ ?

अनवरत रूपमा सडक विभाग, त्यहाँको स्थानीय प्रशासन, नेपाल प्रहरी र नेपाली सेनाहरूसँग हामीहरू हिजो बेलुकादेखि नै लागिरहेका छौँ । यातायातलाई तुरुन्तै सुचारु गर्नका लागि हामीहरू गजुरीमा तुरुन्तै बनाउन सकिने पुलहरू चालिस/पचास मिटरको स्थानमा बगाएको रहेछ, यसमा यातायात पूर्ण रूपमा सुचारु गर्नका लागि हामीले हिजो बेलुकादेखि प्रयास गर्दैछौँ ।

मौवा खोलाले पुल पनि भत्काएको छ । मौवा खोलाको कारणले समस्या देखिएको छ, मैले पाएको सूचना ?

पुल नै बगाएको होइन । पुलको साइजको एप्रोच लोड बगाएको हो । त्यसकारणले त्यसमा हामीलाई चाहिने सामग्रीहरू सरकारले दुई थरी संस्थाहरू, एउटा सडक विभागसँग पनि हामीहरूले त्यस्ता खालका ब्रिजहरू स्ट्यान्ड बाइ छन् । त्यस्ता ठाउँहरूमा तुरुन्तै यातायात सुचारु गर्न सक्ने खालको ब्रिजहरू हामीले प्रि पोजिसनिङ गरेर राखिसकेका छौँ । त्यसैले यो चीज बनाउन त्यति समय लाग्दैन । टोलीहरू यसलाई मोबिलाइज गर्न हिजो राति नै हामीले छलफल गर्यौ, छिट्टै सुचारु हुन्छ ।

आज पुल मौवा खोलामा राख्नुहुन्छ ?

आजै यसको टोली मोबिलाइज हुन्छ । हामीले गरेको पूर्वतयारी भनेको यस्ता खालका घटनाहरू हुन सक्छन्, यसमा एव्रोब्रिज, डेली ब्रिजहरू पहिले नै खरीद गरेर, यसलाई स्ट्यान्ड बाइ राख्ने पूर्वतयारीको काम हामीले गर्यौँ । एउटा टोली हिजै पुगिसकेको थियो । आज बिहान प्राविधिक टोलीले त्यहाँ गएर अनुगमन गरिसकेपछि त्यस्ता खालका पुलहरू राख्नका लागि धेरै समय लाग्दैन, यिनीहरू मोबिलाइज गर्न सकिने खालका पुलहरू हुन्, त्यसमा कति समय लाग्छ त्यसपछि हामी ठ्याक्कै जानकारी गराउन सक्छौँ ।

निकास नहुँदाखेरि तराईका जनताहरू समस्यामा छन् । तराई जलमग्न छ । मधेश डुबानमा पर्न लाग्यो नि ?

हामीले यो अवस्था आउँछ भनेर यसैको लागि हामीले कार्ययोजनाहरू बनाएका छौ । हरेक ठाउँको स्थान स्थानहरूमा सुरक्षाकर्मी तैनाथ गरेका छौँ । एक्लै गर्न सकिने कुरा कुनै पनि मुलुकमा हुँदैन । यसमा संघीय सरकारका मन्त्रालयहरू, प्रादेशिक मन्त्रालयहरू, मुख्य गरेर स्थानीय सरकारको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापनका समिति, त्यहाँ हुनुभएका सुरक्षा संयन्त्रका साथीहरू परिचालित भएर त्यस सँगसँगै मिडियाकर्मी र निजी क्षेत्र, गैरसरकारी संस्थाहरूको संयुक्त सहकार्यबाट यस्तो अवस्थालाई सामान्य अवस्थामा लिएर आउन सकिन्छ, त्यसपछि मात्र सम्भव छ भनेर हामीले प्रयास गरिरहेका छौँ ।

जाजरकोटमा जनताले खान नपाएकाले भोकभोकै बसेका छन् । बाढीपीडितहरूको पीडा त्यहाँ छ । म्याग्दीमा त्यस्तै छ । बाढीपीडितहरूले लुगा फेर्न पाएनन् । मलाई भर्खरै फोन आएको छ । नारायणी नदीको अवस्था त्यस्तै छ । त्यहाँ पनि पानीको बहाब एकदमै बढेको छ । सबै ढोका त्यहाँ खोलिँदा पनि समस्या त्यहाँ देखिएको छ । अब तपाईको रणनीति के छ ? बुधबारसम्म वर्षा हुने अनुमान अझै गरिएको छ ।

हामी हरेक गाउँमा, हरेक घरमा छिटोभन्दा छिटो पुग्छौँ । हिजो राति भएका घटनाहरूमा पनि स्थानीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूबाट हाम्रो नेपाली सेना, रेडक्रसका टोलीहरू हजारौँ संख्यामा स्वंयसेवीहरू परिचालित हुनुहुन्छ । हामी पुगेका छैनौँ भने पनि हामी पुग्छौँ । केही घण्टाभित्र नै हामी पुग्छौँ । त्योमात्र होइन आज र भोली पानी पर्नसक्ने सम्भावना लगातार हुनाले हामीले थप यसको लागि चाहिने जनशक्ति परिचालन गर्ने र यसको लागि चाहिने राहत र उद्धारको सामग्रीहरू लिएर हामीहरू घरघरमा हामी पुग्छौँ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार