असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगे

मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनमा उच्च कर लगाउने घोषणा गरेसँगै जस्टिन ट्रुडोको दौडधुप शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन्। एक स्रोतले यो खबर पुष्टि गरेको बीबीसीले जनाएको छ।

केही दिनअघि मात्र ट्रम्पले क्यानडाका उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।यहीबीच ट्रुडोले ट्रम्पसँग भेटवार्ता गर्न लागेका हुन्।

क्यानाडाली प्रधानमन्त्री ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण भएको क्यानाडाली मिडियाले जनाएको छ। जहाँबाट उनी ट्रम्पलाई भेट्न उनको घर अर्थात् मार–ए–लागो एस्टेटमा जानेछन्। ट्रम्पले जनवरी २० मा आफूले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनमा उच्च कर लगाउने घोषणा गरेका छन्।

अहिले ट्रुडो र ट्रम्प भेटवार्ता हुन लागेको बारे दुवै पक्षले कुनै जानकारी नदिएको पनि बीबीसीले उल्लेख गरेको छ। यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा पनि थिएन। दुवै नेताले सँगै डिनर गर्ने स्रोतबाट जानकारी प्राप्त भएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार