असार २४, २०८२ मंगलबार July 8, 2025

युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

ब्लिन्केन र लाभरोभको माल्टामा आमनेसामने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माल्टा, मङ्सिर २० गते । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ ।

युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिन यी दुई नेता  माल्टामा हुनुहुन्थ्यो । लाभरोभको सन् २०२२ मा रुसको आक्रमणपछि युरोपेली सङ्घको देशमा पहिलो भ्रमण थियो ।

“अब मलाई खेद छ कि हाम्रा सहकर्मी श्री लाभरोभ कोठा छोडेर जानुभएको छ, हामीले उहाँलाई सुन्दा उहाँले हामीलाई सुन्ने शिष्टाचार दिनुभएन । र निस्सन्देह, हाम्रो रुसी सहकर्मी गलत सूचनाको सुनामीले श्रोताहरूलाई डुबाउन धेरै निपुण हुनुहुन्छ”, ब्लिन्केनले भन्नुभयो, “तर हामी आफैँलाई मूर्ख नबनाऔँ र उहाँलाई वा अरू कसैलाई पनि हामीलाई मूर्ख बनाउन नदिनुहोस् । यो रुसको सुरक्षाका बारेमा होइन र कहिल्यै पनि भएको छैन । यो युक्रेनलाई नक्साबाट मेटाउने श्री पुटिनको साम्राज्य परियोजनाका बारेमा हो, हाम्रा एक जना सहकर्मीले तनाव वृद्धिको बारेमा कुरा गर्नुभयो । उहाँ ठ्याक्कै सही हुनुहुन्छ । तनाव वृद्धिका बारेमा कुरा गरौँ ।”

ब्लिेन्केनले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न सैनिक पठाएको तथ्यलाई सन्दर्भ दिनुभयो । साथै उहाँले ‘युक्रेनको ऊर्जा लगायत त्यसको आणविक प्रसारण समूहमा जारी आक्रमणले यस कोठामा रहेका हरेक देशलाई ठुलो खतरा खडा गर्छ’ भन्नुभयो । ब्लिन्केन र लाभरोभको माल्टामा आमनेसामने भेट हुने योजना थिएन । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार