असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको हो ।

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी दिइएको थियो । तर पछि सो चेतावनी हटाइएको थियो । यो क्षेत्रमा झण्डै ४७ लाख मानिसको बसोबास रहेको छ ।

भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल सहरको नजिक बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन । साथै ठूलो भौतिक संरचनाको क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ ।

तर केही घर तथा मार्टहरुमा सामान्य क्षति पुगेको छ । मार्टहरुमा राखिएका सामानहरु खस्नुका साथै छोटो समय विद्युत अवरुद्ध भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार