असार २३, २०८२ सोमबार July 7, 2025

सिरियाका राष्ट्रपति बसर अल असद देश छोडेर मस्को पुगे

सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन् । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी  सञ्चार माध्यमले दाबी गरेको हो ।

विद्रोहीले हिजो सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति बसर अल असद देश छोडेर भागेको हुन् ।  मस्को पुगेका असद र उनको परिवारलाई राजनीतिक शरण दिइएको खबरमा उल्लेख छ । रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता आवश्यक रहेको बताएको छ ।

यस्तै रुसले पछिल्लो सिरिया सङ्कटमा विद्रोही नेताहरुसँग वार्ता र संवादमार्फत राजनीतिक समाधानको खोजी गर्नसमेत आह्वान गरेको छ । यसैबीच सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले स्वागत गरेका छन् ।

फ्रान्स, बेलायत र जर्मनीले असदको सत्ताच्युतको स्वागत गरेका हुन् ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सत्ताबाट बसर अल–असदको पतनलाई मध्यपूर्व क्षेत्रका लागि ऐतिहासिक दिनको रूपमा व्याख्या गर्दै केही खतराको आशङ्का पनि व्यक्त गरेका छन । यसैविच सिरियामा विद्राहीले सत्ता कब्जा गरेपछि अब के हुन्छ भन्ने अन्योल सृजना भएको छ ।

इरान र इराकका दूतावासमा आक्रमण भएका छन् । सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताएका छन । सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताएका हुन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार