असार २४, २०८२ मंगलबार July 8, 2025

आपत्कालीन शल्यक्रियापछि ब्राजिलका राष्ट्रपति लुला ‘स्थिर’

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुकका नेता शल्यक्रियापछि होसमा आउनुभएको र खाना खानुभएको चिकित्सकको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साओ पाउलो, मङ्सिर २५ गते । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा  ‘इन्ट्राक्रानियल हेमरेज’ को आपत्कालीन शल्यक्रियापछि ‘स्थिर’ अवस्थामा रहनुभएको र अर्को हप्ता अस्पताल छोड्न सक्ने उहाँका चिकित्सकहरूले मङ्गलबार बताएका छन् ।

उनासी वर्षीय लुलालाई अक्टोबरमा भएको एक घट्नाका कारण टाउको दुखाइसँग सम्बन्धित देखिएपछि रातारात साओ पाउलोको शीर्ष चिकित्सा सुविधा सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुकका नेता शल्यक्रियापछि होसमा आउनुभएको र खाना खानुभएको चिकित्सकहरूले एक पत्रकार सम्मेलनमा बताए ।

यसैबीच, उपराष्ट्रपति जेराल्डो अल्कमिनले लुलाको कामको भार सम्हाल्नुभएको थियो ।

अक्टोबर १९ मा लुलाले भोगेको पतनसँग रक्तस्राव जोडिएको अस्पतालले बताएको छ । राजधानी ब्रासिलियामा रहेको राष्ट्रपति निवासको शौचालयमा लड्दा लुलाको टाउकोमा चोट लागेको थियो र उहाँलाई धेरै टाँका लगाइएका थियो ।

सोमबार टाउको दुखेपछि ब्रासिलियामा गरिएको चिकित्सा परीक्षणले इन्ट्राक्रानियल हेमरेज ९रक्तस्राव० फेला पारेको थियो ।

लुलालाई तुरुन्तै सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो । त्यहाँ शल्यचिकित्सकहरूले दबाब कम गर्न टाउकोमा ट्रेपेनेसन–ड्रिलिङ गरेका थिए ।

“मस्तिष्क र ड्युरा मेटर झिल्लीको बीचमा रक्तस्राव भएको थियो, खोपडीमुनि बाक्लो सुरक्षात्मक तह र बायाँपट्टि, फ्रन्टल लोब र प्याराइटल लोबको माथि अवस्थित थियो”, चिकित्सा टोलीका सदस्य मार्कोस स्टाभालले भन्नुभयो, “दिमागमा दबाव कम गरियो र न्यूरोलोजिकल कार्यहरू संरक्षित गरियो ।”

आपत्कालीन अवस्थाबाट उहाँको मस्तिष्कमा कुनै क्षति नभएको अर्का चिकित्सक रोबर्टो कालिलले बताउनुभयो । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार