असार २४, २०८२ मंगलबार July 8, 2025

विदेशमा रहेका सिरियालीलाई स्वदेश फर्कन नवनियुक्त प्रधानमन्त्रीको आह्वान

विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरियाको नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्।

विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि संक्रमणकालीन सरकार प्रमुखका रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ रहेको बताएका हुन्।

विदेशमा रहेका नागरिकको मानव पुँजी र अनुभवले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो। “मेरो विदेशस्थित सबै सिरियालीलाई एउटा अपिल छ: सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनको विद्रोह उत्कर्षमा पुग्दै गर्दा लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असद सिरियाबाट भागेका थिए। सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसंख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो।

असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ। साम्प्रदायिक हिंसाबारे चिन्ता प्रकट भएको छ। यद्यपि विद्रोही समूहको नेतृत्व गर्ने इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस)ले धार्मिक अल्पसंख्यकलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ।

इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदाय अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर हेरिरहेका छन्।

सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध शुरू भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए। निवर्तमान राष्ट्रपति असद स्वयं अल्पसंख्यक पृथकतावादी सम्प्रदायका थिए। उनले आफूलाई अल्पसंख्यकको संरक्षकका रूपमा स्थापित गरेका थिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार