असार २४, २०८२ मंगलबार July 8, 2025

मानव बेचबिखनबाट पीडित हुनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि : राष्ट्रसङ्घ

पीडितहरूको सङ्ख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भियना । संयुक्त राष्ट्र सङ्घ एजेन्सीले सन् २०१९ को तुलनामा सन् २०२२ मा विश्वव्यापी रूपमा मानव बेचबिखनबाट पीडित हुनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ लागूऔषध तथा अपराध कार्यालय (युएनओडीसी) द्वारा प्रकाशित मानव बेचबिखनसम्बन्धी सन् २०२४ ग्लोबल रिपोर्टले गरिबी, द्वन्द्व र जलवायु प्रकोप जस्ता कारकहरूलाई श्रेय दिएको छ, जसले शोषणको जोखिमलाई बढाएको छ ।

विश्वव्यापी रूपमा जबरजस्ती श्रमको लागि बेचबिखन गरिएका पीडितहरूको सङ्ख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनका अनुसार बाल पीडितको सङ्ख्या ३१ प्रतिशतले बढेको छ भने बेचबिखनमा परेका बालिकाको सङ्ख्या ३८ प्रतिशतले बढेको छ ।

एक सय ५६ देशको तथ्याङ्कको विश्लेषण गरेको प्रतिवेदनले सन् २०२२ मा विश्वव्यापी रूपमा बेचबिखनमा परेकामध्ये ६१ प्रतिशत महिला तथा बालिका रहेको खुलासा गरेको छ । ६० प्रतिशत पीडित यौन शोषणका लागि बेचबिखन भएका थिए ।

युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले फौजदारी न्यायका उपायहरूलाई बलियो बनाउन, पीडितहरूलाई उद्धार गर्न, सीमापार सहयोग अभिवृद्धि गर्न र बचेकाहरूलाई सहयोग बढाउन आह्वान गर्नुभयो । रासस ÷सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार