असार २४, २०८२ मंगलबार July 8, 2025

अफगान शरणार्थी मन्त्रीको आत्मघाती विस्फोटमा मृत्यु

प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ ।

अधिकारीले भन्नुभयो,“दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विस्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।”

तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूका लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उहाँ वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए ।

प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दावी गरेको छ ।

तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार