असार २४, २०८२ मंगलबार July 8, 2025

बुल्गेरिया, रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता

सीमा जाँच बिना हवाई र समुद्री यात्रा खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ब्रसेल्स, बेल्जियम, २७ गते । युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको सुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन् । “बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,” हङ्गेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भन्नुभयो ।

सन् २००७ देखि युरोपेली सङ्घका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिकरुपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको थियो, जसले सीमा जाँच बिना हवाई र समुद्री यात्रा खुला गरेको थियो । यद्यपि, अस्ट्रियाले आप्रवासनको चिन्तालाई लिएर आफ्नो मुलुकमा पूर्ण प्रवेशमा रोक लगाएको थियो र यसले गर्दा स्वतन्त्ररुपमा आवतजावतमा समस्या रहेको थियो ।

भियनाले सोमबार इयूका मन्त्रीहरूको बिहीबारको बैठकमा आफ्नो भिटो प्रयोग नगर्ने घोषणा गरेको छ, जसले जनवरी १, २०२५ देखि दुबैलाई पूर्ण सदस्य बन्ने मार्ग प्रशस्त गरेको छ । बुखारेस्ट र सोफियाले सन् २०१० मा ब्रसेल्सले तोकेका सबै प्राविधिक मापदण्ड पूरा गरेका थिए तर विभिन्न सदस्य राष्ट्रहरूले उनीहरूको प्रवेशमा अवरोध गरेपछि सेन्जेन क्षेत्रमा सामेल हुन एक दशकभन्दा बढी समय पर्खिनु परेको थियो ।

सन् २०२२ देखि अस्ट्रियाले उनीहरूको आवेदन रोकेको छ, जसले वर्षौँदेखि असुरक्षित बाह्य सेन्जेन सीमाहरूको परिणामस्वरूप कागजातविहीन आप्रवासीहरूको असमान सङ्ख्याको होस्टिङगको बारेमा गुनासो गर्दै आएको थियो । बुडापेस्टमा तीन देशले ‘सीमा सुरक्षा प्याकेज’ सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रियाले आफ्नो आपत्ति फिर्ता लिएको थियो ।

सम्झौतामा बुल्गेरियाली–टर्की सीमामा संयुक्त रूपमा सीमा रक्षकको तैनाथी र स्थलमार्गमा अस्थायी सीमा नियन्त्रणको प्रारम्भिक अवधि छ महिनाको लागि हुने अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले बताउनुभएको छ । सन् १९८५ मा स्थापना भएको सेन्जेन जोनमा हाल २९ सदस्य रहेका छन् जसमा युरोपेली सङ्घका २७ सदस्य राष्ट्रमध्ये २५ का साथै स्विट्जरल्याण्ड, नर्वे, आइसल्यान्ड र लिचेन्स्टाइन रहेका छन् ।

यो आन्तरिक सीमा नियन्त्रण बिना विश्वको सबैभन्दा ठुलो क्षेत्र हो, जहाँ ४० करोडभन्दा बढी मानिस यस क्षेत्रभित्र स्वतन्त्ररुपमा यात्रा गर्न सक्छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार