कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

स्याङजामा तीन सुरक्षाकर्मी र १ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः स्याङ्जामा तीन सुरक्षकर्मी र १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३ जना सुरक्षकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सर्वसाधारण तथा सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

सेवाग्राहीलाई सतर्क रहन समेत आग्रह गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

सेवाग्राहीले निवेदन वा जाहेरी दिनुपरेमा विद्युतीय माध्यमको प्रयोग गर्न समेत आग्रह गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

यसैगरी गल्याङ नगर अस्पतालमा सेवारत चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालका सबै सेवाहरु बन्द गरिएका छन् ।

अस्पतालको आइसोलेसनका संक्रमितको उपचारमा खटिएका डाक्टर नै कोरोना संक्रमित भएका हुन् । क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा अस्पतालका डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुष्टि भएसँगै उनलाई आइसोलेसनमा राखिएको छ।

डाक्टरमा नै संक्रमण पुष्टि भएको खबरले समुदायमा फैलने डर स्थानीयको छ। डाक्टरले गल्याङ अस्पतालसहित क्लिनिकमा समेत स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार
चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान
२०८३ कार्तिक ५, बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ कार्तिक ५, बिहिबार
१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियो, पत्ता लाग्याे डायनासोरको नयाँ प्रजाति
२०८३ कार्तिक ५, बिहिबार